•  ७ बैशाख २०८१, शुक्रबार
  •  4:23:56 AM

फजुल खर्च गर्न घरकै गृहणिहरू पनि अग्रस्थानमा : ११ महिनामा लगाए ४४ करोडको विदेशी चुरा, पोतेमा १७ करोड सकियो

- श्रावण २, २०७९ मा प्रकाशित


काठमाडाैं । चालू आर्थिक वर्षमा विदेशबाट ४४ करोड ५८ लाख रुपैयाँ बराबरको चुरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको चुरा आयात भएको हो ।

विभागले असार महिनाको तथ्यांक भने सार्वजनिक गरिसकेको छैन । असार महिनामा भएको चुरा आयातको तथ्यांक सार्वजनिक हुँदो यो परिमाण थप बढ्ने देखिन्छ । यसैगरी, ११ महिनाको अवधिमा विदेशबाट नेपालले १७ करोड १८ लाख ७३ हजार रुपैयाँ बराबरको पोते आयात गरेको छ । नेपाली महिलाहरुले साउन महिनाका साथै तिजमा सबैभन्दा धेरै चुरा र पोतेमा खर्च गर्ने गर्छन् ।

नेपालमा भारतबाट सबैभन्दा धेरै चुरा आयात हुने गरेको देखिएको छ । भारतबाट ११ महिनाको अवधिमा ४३ करोड ६१ लाख ४३ हजार रुपैयाँको चुरा आयात आएको छ । यसपछि, चीनबाट ३४ लाख ८० हजार रुपैयाँको चुरा भित्रिएको छ ।

यसैगरी, यस अवधिमा पोते आयातमा १७ करोड १८ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा विश्वका विभिन्न १३ वटा देशबाट पोते भित्रिने गरेको पाइएको छ ।

चीनबाट सबैभन्दा धेरै ९ करोड ५१ लाखको पोते भित्रिँदा भारतबाट ३ करोड ६६ लाखको पोते भित्रिएको छ । यस्तै, जापानबाट ३ करोड ५९ लाख रुपैयाँको पोते भित्रिएको छ । यस्तै, अमेरिकाबाट ३९ लाख ९३ हजार रुपैयाँको पोते आयात हुँदा ताइवानबाट१ लाख २१ हजार रुपैयाँको पोते भित्रिएको विभागले जनाएको छ ।

नेपालबाट पनि हुन्छ निर्यात

विदेशबाट आयात भइरहँदा नेपालबाट समेत विदेशतर्फ चुरा र पोते निर्यात हुने गरेको तथ्यांक छ । नेपालबाट विदेशतर्फ १९ करोड ३४ लाख रुपैयाँको चुरा निर्यात हुँदा ११ महिनाकै अवधिमा ३५ लाख २१ हजारको पोते निर्यात भएको छ ।

नेपालबाट विश्वका ३५ भन्दा धेरै देशमा चुरा निर्यात हुने गरेको पाइएको छ । नेपालमा विशेषगरी चीन, भारत, अमेरिका र युरोपियन मुलुकबाट चुरा निर्यात हुँदै आएको छ । ११ महिनाको अवधिमा अमेरिकातर्फ १६ करोड ४७ लाख रुपैयाँको चुरा निर्यात भएको जानकारी तथ्यांकले विभागले दिएको छ । यसपछि, नेदरल्याण्डबाट १ करोड ६७ लाख रुपैयाँको चुरा भित्रिँदा फ्रान्सबाट ५६ लाख रुपैयाँको चुरा निर्यात भएको छ ।

यसबाहेक, अष्ट्रेलिया, क्यानडा, बेल्जियम, चिली, क्रोयसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, जर्मनी, इजरायल, इटाली, जापान लगायतका देशबाट नेपालमा चुरा भित्रिन्छन् । यसैगरी, मलेसिया, मोरोक्को, न्यूजल्याण्ड, पाकिस्तान, नर्वे, पोल्याण्ड, पोर्चुगल, साउथ अफ्रिका, स्पेन, स्वीजरल्याण्डबाट समेत चुरा निर्यात हुन्छ । 

यस्तै, ताइवान, साउदी अरेबिया, टर्की र सिंगापुरमा समेत नेपालमा चुरा निर्यात हुने गरेको छ भने संयुक्त अरब इमिरेट्स र बेलायतमा समेत निर्यात भइरहेको विभागले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर