•  ७ बैशाख २०८१, शुक्रबार
  •  5:43:57 AM

सिरहामा स्कुल बस दुर्घटना : ८ जना घाइते

- असार २३, २०७९ मा प्रकाशित


सिरहा / सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

Comments

सम्बन्धित खवर