•  १६ चैत्र २०८०, शुक्रबार
  •  6:00:50 AM

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

- जेष्ठ २१, २०७९ मा प्रकाशित


संखुवासभा / अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल विकास सिकाइ विषयको परीक्षा दिँइरहेका वेला प्रहरीले मनिसालाई पक्राउ गरेको डिएसपी सुवेदीले बताए।भोटखोला गाउँपालिका अरुणोदय माध्यमिक विद्यालयको कक्षा १२ की विद्यार्थी अनुसा गुरुङको सट्टामा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा मनिसालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली परीक्षार्थी मनिसालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र मावि मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।

नक्कली परीक्षार्थी मनिसाले बहिनी अनुसाको प्रवेशपत्र लिएर परीक्षा हल पुगेकी थिइन्। केन्द्राध्यक्षले उत्तरी पुस्तिकामा हस्ताक्षर गर्ने क्रममा नक्कली परीक्षार्थी भएको खुलेको हो। पक्राउ परेकी मनिसालाई परीक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।यो नक्कली परीक्षार्थी पक्राउ परेको संखुवासभाको पहिलो घटना हो। उनीविरुद्ध परीक्षा नियमावलीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर