
इटहरीमा जुनियर नगर स्तरीय कराँते डोजो च्याम्पेनशिप सम्पन्न : बिजेताहरूलाइ पुरस्कार बितरण
- जेष्ठ १५, २०७९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको आयोजना तथा कराँते इटहरी नगर कमिटिको सहआयोजनामा जुनियर इटहरी नगर स्तरीय कराँते डोजो च्याम्पेनशिपका विजयी खेलाडीहरुलाई एक कार्यक्रम विच पुरस्कार वितरण गरिएकाे छ ।
दक्ष खेलाडी उत्पादन संगै इटहरी क्षेत्रका कराँतेका विभिन्न इभेन्टहरुमा तिस्पर्धा गराउने क्रम अन्तरगत सञ्चालित जुनियर इटहरी नगर कराँते डोजो च्याम्पेनशिपमा लक्ष्मि डोजो प्रथम , मकालु डोजो दोस्रो र आयोजक टिम तेस्रो भएका थिए ।
विजयी डोजो र खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले शिल्ड तथा प्रमाण पत्र सहित पुरस्कृत गरियो । प्रतियोगितामा ८वटा डोजोका २सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगिता २० केजी तौल समुह देखि लिएर ६० केजी तौल समुह सम्मका महिला र पुरुष समुहका खेलाडीहरु आआफनो समुहमा प्रतिस्पर्धा गरेका थिए भने एकल काता पनि समावेश गरिएको कराते डोजो नगर कमिटि अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले जानकारी दिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष राज कुमार चौधरी , कराते इटहरी नगर कमिटिका सचिव समिर राज पोखरेल , इटहरी ७ कराते कमिटिका अध्यक्ष नवराज रिजाल ,पुर्व कराते खेलाडि तथा प्रसिक्षक किरण सुब्बा ,केशब श्रेष्ठ , बिकाश चौधरी ,रुद्र वी.क लगायतलाई सोही अवसरमा सम्मान गरियो ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments