
माैन अवधिमा इटहरी : मुख्य चाैक सुनसान , भित्री गाउ रातभरी चहल पहल , सामाजिक सञ्जालमा बिराेधै बिराेध
- बैशाख २९, २०७९ मा प्रकाशित

इटहरी । निर्वाचन आयोगले मौन अवधिमा राजनीतिक दल वा उम्मेद्वारहरूले मतदाताहरूलाइ प्रभावित पार्न कुनै प्रकारको गतिविधि नगर्न निर्देशन जारी गरेपनि सुनसरीको इटहरीमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर पैसा बाडेको भनि सामाजिक सञ्जालमा बिरोध भएको छ ।
बैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको बेला आयोगले मौन अवधिलाइ उलंघन नगर्न सबै राजनीतिक दलहरूलाइ अनुरोध गरिरहेकै बेला इटहरीमा भने रातभरी कार्यकर्ताहरू जम्मा भएर पैसा बाडेको र भोज भत्तेर गरेको समाचार प्राप्त भएको छ ।
मौन अवधीमा इटहरीको मुख्य शहरी क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ भएकै कारण राजनीतिक चहल पहल नभएपनि भित्री गाउहरूमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाता प्रभावित बनाउने काम गरेको सामाजिक सञ्जालहरूमा चर्चा छ ।
इटहरीकि तत्कालिन उपमेयर लक्ष्मी गौतमले सामाजिक सञ्जालमा वडा नं २ र १६ मा गठबन्धन पक्षले मौन अवधीको समयमा २५ , ३० वटा गाडीको ताती लिएर हो हल्ला गर्दै हिडेको लेख्नुभएको छ भने गौतमकै स्टाटसलाइ उदृढ गर्दै नेपाली कांग्रेसका बिद्यार्थी नेता प्रमोद भट्टराइले भने एमाले हार्ने निश्चित भएपछि अनावस्यक हो हल्ला गरेको सामाजिक सञ्जालमा स्टाटस लेखेका छन ।
त्यस्तै नेत्रमणि अधिकारीले इटहरी १५ रेग्मी टोलमा राती भतेर खुवाउँदै गर्दा लखेटिएको भनेर फेसबुकमा लेखेका छन् ।यता इटहरीकै सिमरवनामा पनि २० , २५ वटा मोटरसाइकलहरूको ताति रातभरी हो हल्ला कुदेको स्थानीय मदनराज बरालले लेखेका छन ।
यता निर्वाचन अधिकिृतको कार्यालय इटहरीमा भने कुनै पनि राजनीतिक दल वा उम्मेद्वारलाइ लक्षित गरेर त्यस्ता उजुरीहरू नपरेको जनाएको छ । इटहरीस्थित निर्वाचन अधिकृत नारायण रिमालका अनुसार सामाजिक सञ्जालहरूमा केहिले पैसा बाडेको र होहल्ला गरेको भनि खबर सुनिएपनि अहिले सम्म कुनै प्रकारको उजुरी परेको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments