
इटहरीले किन खाेज्छ हेमकर्ण ? के –के छन चुनाव जित्ने आधार ?
- बैशाख २०, २०७९ मा प्रकाशित
इटहरी । इटहरीवासिका लागि हेमकर्ण पौडेल कुनै नयाँ नाम होइन । उनको राजनीतिक कृयाकलाप , भाइचाराको सम्बन्ध ,सबैप्रति समानताको व्यवहार मिजासिलो संगै सहयोगि मनका धनी र उद्धारतापन पौडेलको पहिचान हो । २०४६ साल देखि इटहरीमा रहि राजनीतिमा जिवन ब्यतित गर्दै आएका पौडेल सदावहार चर्चामा आइरहने ब्याक्तिको रूपमा चिनिन्छन । राजनीति संगै सामाजिक कार्यहरूमा पनि उत्तिकै सकृिय पौडेल युवा वर्गका ढुकढुकि हुन भने बुढापाखामाझ लोकप्रिय नेताको रूपमा चिनिन्छन ।
तिन पटक सम्म नेपाली कांग्रेस इटहरीको नेतृत्व सम्हालिसकेका पौडेल यस पटक स्थानीय तह निर्वाचनमा मेयर पदका उम्मेद्वार बनेका छन । लोकतान्त्रिक गठबन्धनबाट इटहरीमा मेयरकालागि पौडेलले उम्मेद्वारिदिएसंगै उनको चर्चा अहिले यत्र तत्र बनेको छ । इटहरीमा हेमकर्ण पौडेलको उम्मेद्वारी संगै नगरवासिहरूमा पनि उनि प्रतिको क्रेज बढदो देखिएको छ । त्यसो त अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि मेयरकालागि पौडेल प्रत्यासी देखिएका थिए । तर पार्टिले टिकट नदिदा कांग्रेसले बिपक्षी नेकपा एमालेका उम्मेद्वार संग नमिठो हार ब्यहोर्नुपरेको थियो ।
त्यो बेला देखि नै इटहरीमा हेमकर्ण पौडेलको नेतृत्व आवस्यक रहेको नगरवासिले महसुस गर्दै आएका थिए । इटहरीमा बिकाशका योजना ल्याउन सक्ने , नगरवासिको भावना अनुसार काम गर्न सक्ने , बिकाश प्रेमिको रूपमा पौडेललाइ लिइदै आइएको छ ।
पौडेल इटहरीलाई पहिचान दिलाउन सक्ने क्षमता भएको अझ, राजनीतिक अभ्यास पुगेको व्यक्तिको रुपमा पनि चिनिन्छन ।इटहरीका अग्रज राजनीतिक बिस्लेसकहरू र धेरै जसो व्यवसायि र बुद्धिजिविहरूले पनि पौडेल जत्तिको विश्वसनीय नेतृत्व क्षमता अरूको नदेखिएको बताउँछन् ।इटहरीमा शून्यको अवस्थामा रहेको काङ्ग्रेसलाई आजको क्रेजपूर्ण अवस्थामा ल्याउने व्यक्तिको रूपमा पनि पौडेललाइ लिन सकिन्छ । उनको यहि क्रेजकै कारण पार्टिले पनि मुल्यांकन गरी यो पटक स्थानीय तह निर्वाचनमा मेयरको टिकट दिएको चर्चा छ ।
उनले मेयरको टिकट पाए संगै घरदैलो अभियानमा निस्कदा ज्येस्ठ मतदाताहरू अंगालो हालेर मोहि खाने , सेल्फि खिच्ने सम्म गर्ने गरेका छन । यहा बाटपनि इटहरीमा पौडेलको आवस्यक्ता कति छ भनेर प्रस्ट हुन्छ । सामाजिक सञ्जालहरूमा पनि अबको मेयर को भनेर गरिएको सर्वेमा पनि उनकै नाम अग्रपङतीमा देखिने गरेको छ । उनले आफु मेयर पदमा बिजयी बने सर्वप्रथम जनताको सेवक बनेर काम गर्ने शासक बन्ने तर्फ सोच्न पनि नसक्ने तर्क दिदै आएका छन । अझ अघिल्लो नेतृत्वले ५ वर्षमा गर्न नसकेको साना तिना बिकाशका कामहरू आफु एक वर्ष भित्रमै गरेर देखाइदिने बताएपछि जनतामाझ उनि त्यतिकै लोकप्रिय बनेका छन ।
पौडेलले थारूहरूलाइ इटहरीको सबैभन्दा पुरानो जातिको रूपमा सुचिकृत गराइ उनिहरूको सांस्कृतिक पहिचान संग जोडिएको ग्रामथानलाइ संरक्षण गर्ने तर्फ पनि जोड दिदै आएका छन ।
को हुन हेमकर्ण ?
बि।स २०३५ सालमा झापाको कोरोबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि सुनसरीको इटहरीमा बसोबास गर्दै आएका कुशल राजनैतिक तथा सामाजिक ब्याक्तिकोरूमा चिनिन्छन । उनी इटहरीको भुगोल र रहनसहन सँग परिचत छन् । इटहरीका रैथाने बनीसकेको पौडेलले काँग्रेसका नाममा किर्तिमान कायम गर्ने इटहरी भित्र पहिलो नेतामा पर्छन् ।
सँधै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु जित्ने जनता बहुमुखी क्याम्पसमा नेवि संघको तर्फबाट स्ववियु सभापति जितेका पौडेलले काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला सचिवसम्म भएर काम गरे । समय सापेक्ष घटनाक्रम र विषयवस्तुमा प्रखर भाषण गर्ने र कुशल वक्ताको रुपमा परिचय बनाएका पौडेलले पार्टीको इटहरी नगर सदस्य हुँदै २ कार्यकाल सभापतिको जिम्मेवारी सम्हालिसकेर तेश्रो कार्यकाल पनि उनले नै नेतृत्व गरिरहेका छन । इटहरीका ग्रामिण वस्ती वस्तीमा केटाकेटी देखि,युवा, प्रौढ र ज्येष्ठ नागरिकहरु माझ लोकप्रिय बनेका हेमकर्ण आफनो दैलोमा उपचार, रोजीरोटी र विभिन्न समस्या परेर सहयोग माग्न पुग्ने कसैलाई खाली हात नपठाउने स्वभावकै कारण नगरवासि माझ लोकप्रिय बनेका छन ।
मानवताका मामिलामा पार्टी नहेरी निस्वार्थ जनताको सेवामा सर्मपित भएकै कारण पौडेल सबै उमेर समुहमा लोकप्रिय भएको हेमकर्ण सर्मथक नेता कार्यकर्ताको बुझाई छ । पार्टीमा मात्र नभएर अन्तरपार्टी सम्बन्ध तथा समन्वयमा समेत सालिन र प्रभावशाली देखिएकाले पौडेलको विकल्प नभएको कार्यकर्ताहरुको दाबी छ ।आफ्नो निवासमा नियमित विभिन्न सहयोग माग गर्दै पुग्ने जो कोहीलाई कुनै न कुनै सहयोग गरी कार्यकर्ता संरक्षण गर्ने चरित्रकै कारण पौडेल प्रतिको कार्यकर्ताको क्रेज दिनप्रतिदिन बढ्दो छ ।
पौडेलको उद्देश्य कांग्रेसलाई गरिबको पार्टी, समावेशी जनजाती, आदिवासी, थारु, मधेसी, मुस्लिम, दलितको पार्टी, आवाजबिहिनहरुको पार्टी बनाउनु हो । पौडेलको पहिलो राजनीतिक एजेण्डा इटहरीमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु हो ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments