•  १५ चैत्र २०८०, बिहीबार
  •  3:19:54 AM

आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव २३ मंसिरदेखि

- बैशाख २०, २०७९ मा प्रकाशित


भैरहवा: सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ ।  संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ ।

विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ  लुम्बिनी राष्ट्रिय महोत्सव—२०७९ आयोजना गर्न लागेको संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । महोत्सवको नारा पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने छ ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्म स्थल तथा विश्व पर्यटनको आकर्षण केन्द्र लुम्बिनीको प्रवेशद्वार   सिद्घार्थनगर, रुपन्देहीका उद्योगी, व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका लागि संघ समर्पित छ ।  मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एंवमा  प्रविधिको बृहत् प्रदर्शनीसहित  आन्तरिक र समिार्ती पर्यटनमा केन्द्रित रहनेछ  । 

मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबधि, होटल, रेस्टुरेन्ट, विद्युतीय  सामग्री, छाला जुत्तालगायतका ३ सयभन्दा बढी स्टल रहनेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर