•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:39:17 AM

धरानका १६ जनप्रतिनिधिद्वारा एकैसाथ राजीनामा

- बैशाख १०, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका १६ जना जनप्रतिनिधिले एकैसाथ पदबाट राजीनामा गरेका छन् ।

राजीनामा दिनेहरुमा ६ जना वडाध्यक्षसमेत रहेको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । राजीनामा दिनेहरुमा धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान–५ का सन्तोष लिम्बू, वडा नं. ७ का जीवनराज सुवेदी, धरान–१७ का वडाध्यक्ष सूर्य भट्टराई (मनोज), धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल, धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बूसहित ६ जना वडाध्यक्ष रहेका छन् ।

यसैगरी, धरान–१० का वडा सदस्य अरुणा सुन्दास, कृष्णबहादुर राई, समसेर बर्देवा, धरान–६ का हरि बहादुर राई, धरान–१३ का सन्तोष राई, उर्मिला परियार, धरान–७ का देकुमारी विश्वकर्मा, धरान–१९ का चन्द्रमाया विश्वकर्मा, धरान–९ का मनोजकुमार राउत र सविना शाक्यले पनि राजीनामा गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उमेद्वारी दिन हाल कायम रहेको निर्वाचित पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेका कारण निर्वाचनमा भाग लिने आकांक्षीहरुले धमाधम राजीनामा दिन थालेका हुन् । आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता भोलिदेखि सुरु भई पर्सी सम्पन्न हुने आयोगले जनाएको छ ।

Comments