महानगर र उपमहानगरमा माओवादीले मेयर उम्मेदवारकाे नाम टुंग्यायो
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडौं: पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।
भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।
जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।
यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।
गत स्थानिय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।
माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वत: मेयरका दाबेदार हुन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments