सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
- फाल्गुन ३, २०७८ मा प्रकाशित
सप्तरी: सवारी ज्यान मुद्दामा अदालतबाट सजाय पाएपछि फरार रहँदै आएका राजविराज नगरपालिका-६ का ३३ वर्षीय ललनकुमार देवलाई प्रहरीले पक्राउ गरी साेमबार सार्वजनिक गरेकाे छ ।
उनीमाथि अमरेन्द्रकुमार झाले दिएको सवारी ज्यान मुद्दामा ५ असार ०७४ मा अदालतले गरेको फैसला बमोजिम अदालतले पाँच महिना कैदसहित दुई हजार रूपैयाँ जरीवाना तिर्नुपर्ने फैसला गरेकाे थियाे । त्यसयता उनी फरार थिए।
खोजतलासका क्रममा २९ माघमा राजविराजस्थित आफ्नै घरबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । उनलाई २ फागुनमा कैद भुक्तानका लागि कारागार चलान गरेको छ। यस्तै, बोक्सीको आरोप मुद्दाका फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजगढ गाउँपालिका-२ बस्ने रामदेव यादवको छोरा रामबिलास यादव रहेका छन् ।
सरस्वती देवी यादवले दिएको जाहेरीको आधारमा तत्कालिन पुनरावेदन अदालत राजविराजले २९ मंसिर ०७१ यादवलाई १० हजार जरीवाना र ३ महिना कैदको फैसला सुनाएको थियोे । प्रहरीले उनलाई पनि घरैबाट २ माघमा जरीवाना तिराए कारागार चलान गरेको प्रवक्ता काफ्लेको भनाइ छ। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments