प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
- फाल्गुन ६, २०८० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् । साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य तथा बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ का सबन्धमा राष्टियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ । बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन बिधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् ।
सांसद प्रेम सुवालले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस् भनी राखेको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०’ लाइ स्विकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रियसभाको पनि आज (आइतबार) बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्वन्ध र सबन्ध बिषयक अध्ययन प्रतिवेदन २०८०’ पेस गर्नेछन् । विधायन व्यवस्थापन समितिकका सभापति जयन्ती देवी राइले ‘विधायन सम्वन्धी विधेयक २०८०’ को प्रतिवेदन पेश गर्नेछन भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक वातावरणा प्रबर्दन सबन्धी केही ऐनलाइ संसोधन गर्ने बिधेयक २०७९लाइ दफावार छलफलका लागि बिधानय ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments