•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:50:04 AM

गायिका मेनुका पौडेल आज गृह जिल्ला झापा आउदै , भब्य अभिनन्दन गरिने

- माघ २२, २०८० मा प्रकाशित


इटहरी । गायन रियालिटी शो इण्डियन आइडल सिजन–१४ बाट बाहिरेकी गायिका मेनुका पौडेललाई आज (सोमबार) झापामा अभिनन्दन गरिने भएको छ ।

आइतबारको एपिसोडबाट उनी शोबाट बाहिरिएकी थिइन् । मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको जनकारी गराएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीं सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

रियालिटी शोमार्फत् नेपालीलाई विश्वसामु चिनाएको भन्दै उनलाई आज गृह जिल्ला झापामा अभिनन्दन गर्न लागिएको हो । मेनुका विसं २०५५ सालमा झापाको हल्दीवारी– ४ मा जन्मेकी थिइन् । मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

Comments