मुख्यमन्त्री कार्कीको सय दिने उपलब्धी : प्रदेश खारेजकाे माग राख्ने राप्रपालाई सभामुख दिनु नै मुख्य उपलब्धी
- माघ ८, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। सोमबार मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्रीले सार्वजनिक गरेको उपलब्धिमा शैलेजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु, जलन अस्पताल निर्माणको सम्झौता, सर्वसम्मत सभामुख चयनलगायतका विषय समेटिएका छन्।
सुनसरीको इटहरी-११ पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता जनस्वास्थ्य सरोकार ट्रष्टसँग सरकारले गरेको छ। मुख्यमन्त्रीले सय दिने उपलब्धिमा पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीनवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरेको, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन गरेको विषय समेटेका छन्।
यस्तै मोरङको लेटाङ–बुधबारे सडक शिलान्यास, भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ र राहत सामाग्री हस्तान्तरण, ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियानको कोशी प्रदेशभरी सुरूवादलगायतका विषयलाई समेटेका छन्।
यस अवधिमा कुल बजेट ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये ७ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्रीले जनाएका छन्।
आफूले सरकारको नेतृत्व गर्दा बजेट खर्च ४ प्रतिशत रहेकोमा अहिले २१ प्रतिशत पुगेको मुख्यमन्त्री कार्कीले बताए। टुक्रे योजना कटौती गरी २५ लाख रुपैयाँ भन्दा बढीका योजना मात्रै प्रदेश सरकारले कार्यान्वयन गरेको, ५ वटा ऐन संशोधन गरी कार्यान्वयन गर्नुकासाथै १३ वटा कानुन तर्जुमाका लागि सहमति प्रदान गरेको लगायतका उपलब्धि कार्कीले सार्वजनिक गरे।
कार्कीले मन्त्रालयगत रुपमा पनि उपलब्धिहरू सार्वजनिक गरेका छन्। कार्कीले एक सय दिनसम्म मन्त्रीपरिषद् विस्तार नभएको विषयमा सोधिएको प्रश्नमा आवश्यकताका आधारमा मन्त्रीपरिषद् विस्तार गर्ने बताए।
‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदेश सांसद अम्बर बहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको’ मुख्यमन्त्रीले सार्वजनिक गरेको एक सय दिने उपलब्धिको एउटा बुँदामा यस्तो उल्लेख गरिएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments