११ दिनदेखि नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पूजा
- माघ ८, २०८० मा प्रकाशित
अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुँदैछन् ।यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने ? भन्नेबारे भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।
स्वामी गुरुदेव गिरिजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन जानेछन्, त्यसपछि प्रधानमन्त्री मोदी पहिले उत्तरको ढोकाबाट जानेछन् र त्यसपछि पूर्वको ढोकाबाट प्रवेश गर्नेछन्, जहाँ मुख्य मन्दिरको प्रवेशद्वार हो, मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्रीले पहिले ट्रस्टीहरूसँग भेट गर्नेछन् । त्यसका लागि हामीले समाजका विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाएका छौं ।’
राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘मन्दिरमा प्रवेश गरेपछि मन्त्रद्वारा १० वटा विभिन्न किसिमका स्नान गर्नुपर्छ । १० पटक मन्त्रद्वारा पानी छर्किने छ । उनका अनुसार यसपछि प्रधानमन्त्री मोदी गर्भगृहमा प्रवेश गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले करिब ४५ मिनेट गर्भ गृहमा पूजा गर्ने छन् । यो पूजा करिब १२ बजेर २० मिनेटमा सुरु भएर करिब ५० मिनेटसम्म चल्नेछ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments