अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक
- पुष २२, २०८० मा प्रकाशित
ताप्लेजुङ । किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ । तर लिङ्खिमका किसानले भने अलैँची बारी (बगान) मा सिमल तरुल खेती गरेका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिवाका किसानले अलैँची बगानभित्र सिमल तरुल खेती लगाएका छन् । स्थानीय पदम बुढाथोकीका अनुसार किसानहरूले त्यसैबाट मनग्यै आम्दानी लिइरहेका छन् । नगदेबाली अलैँचीमा लगाएको सिमल तरुलबाट पनि किसानले आम्दानी गर्न गरेको उहाँले बताउनुभयो ।
तरुलको पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति नजिकिएसँगै उपभोक्ताले सिमललगायतका तरुलको जोहो गर्ने गर्दछन् । माघे सङ्क्रान्ति पर्वमा सिमल तरुल बिक्री हुने र आफैँले तरुलको खाजासहितका परिकार बनाएर आम्दानी लिन सकिने किसानको भनाइ छ । किसानका अनुसार अलैँचीलाई सिमल तरुल खेतीले कुनै असर पर्याउँदैन । अलैँची बगान हुर्केपछि भने तरुल खेती हटाइने उनीहरूको भनाइ रहेको छ ।
यता धेरै परिश्रम र लगानी गर्न नपर्ने भएकाले बहुबाली अर्थात् अलैँची बारीमा सिमल तरुल खेती लगाउने गरिएको सिवाका एक किसानले बताउनुभयो । उहाँकाअनुसार धेरै उत्पादन वा फाइदा लिने उद्देश्यले बहुबाली खेती लगाउने गरिएको हो । यसरी जिल्लाका कतिपय किसानले अलैँची बारीमा सिमल तरुल र नगदेबालीकै रूपमा खेती गर्न थालिएको किवी खेती पनि लगाउने गरिएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments