टिकटकका उच्च अधिकारीसँग प्रधानमन्त्रीकाे छलफल : नेपालमा प्रतिवन्ध फुकुवा हुने संकेत
- मंसिर २४, २०८० मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको जनाएका छन् ।
‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उहाँले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने बताउनु भएको छ,’ रायमाझीले भने, ‘यस्तो हो भने त प्रविधिमाथि नियन्त्रण गर्न हामी पनि चाहँदैनौं ।’
यसैबीच टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री दाहालसँगको भेटमा चासो राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयमा हाल १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको रायमाझीले बताए । डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने उनी बताउँछन् ।
समिति सदस्य र गरिएको अध्ययनबारे भने उनले स्पष्ट खुलाउन चाहेनन् । नियमनकारी निकायलाई बाहिरै राखेर प्रधानमन्त्रीको कार्यालय आफैंले यस्ता विषयमा अति सक्रियता बढाएको अवस्थालाई कतिपय जानकारले भने अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments