गाजा युद्धमा ज्यादती भएपछि इजरायलको आलोचनामा उत्रियो अमेरिका
- मंसिर २२, २०८० मा प्रकाशित
एजेन्सी । अमेरिकाले गाजा क्षेत्रमा जारी युद्धमा इजरायलको व्यवहारलाई लिएर आलोचना गरेको छ।आफ्नो समर्थनमा हमासविरुद्ध युद्धमा होमिएको इजरायले गाजा क्षेत्रका सर्वसाधारणमाथि ज्यादती गरेपछि अमेरिका आलोचनामा उत्रिएको हो।गाजा युद्धमा इजरायलको तौर तरिकाको सार्वजनिक रुपमै आलोचना गरेको हो।
अमेरिकाले युद्धका क्रममा सर्वसाधारणको सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता इजरायलले पालना नगरेको जनाएको छ। इजरायलले युद्धका क्रममा सर्वसाधारणको सुरक्षाका कुनै काम नगरेको भन्दै उसको प्रतिबद्धतामा पनि प्रश्न उठाएको हो।अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकेनले वासिङ्टनमा एक पत्रकार सम्मेलनका क्रममा युद्धका क्रममा सुरक्षित स्थानबारे इजरायलले सर्वसाधारणलाई कुनै सूचना नदिएको जनाएका छन्।
उनले युद्धमा भाग नलिएका सर्वसाधारणका लागि खाना-पानी जस्ता अतिआवश्यकीय वस्तुको आपूर्तिमा कुनै अवरोध गर्न नहुने पनि बताए। व्हाइट हाउसको तर्फबाट जारी वक्तव्यमा राष्ट्रपति बाइडनले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग यसबारे फोनमा कुरा गरेको जनाएको छ। उक्त संवादमा बाइडेनले सर्वसाधारणको सुरक्षा ग्यारेन्टी नेतन्याहुसँग मागेका थिए।
उता इजरायलले भने युद्धका क्रममा आममानिसको जिउधनमा भइरहेको क्षति रोक्न आफूले आवश्यक कमद चालिरहेको जिकिर गरेको छ।उता हमासले भने इजरायलको सैन्य कारबाहीमा गाजा क्षेत्रमा अहिलेसम्म १७ हजारभन्दा धेरै सर्वसाधारण मारिएको जनाएको छ। जसमा महिला र बालबालिकाको संख्या अत्यधिक रहेको हमासले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments