भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव : चेन्नईमा पाँचको मृत्यु : नेपालमा पनि प्रभाव पर्न सक्ने
- मंसिर १९, २०८० मा प्रकाशित
नयाँदिल्ली । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशका कयौं स्थानमा भारी वर्ष भइरहेको छ ।
आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।
भारतीय मौसम विभागका अनुसार ‘मिचाउङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ । राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।
वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र उडान आवागमन रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको समाचारमा उल्लेख छ । स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा दिएको छ । एजेन्सी
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments