•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:49:21 PM

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने

- कार्तिक १९, २०८० मा प्रकाशित


इटहरी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्धको फाइनल खेल कालोपट्टी बाँधेर खेल्ने भएका छन्। शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा नेपाली टोलीले कालोपट्टी बाँधेर खेल्न लागेको हो।टोलीले पाखुरामा कालोपट्टी बाँधेर खेल्न लागेका हुन्।

नेपाल क्रिकेट संघले आजको खेलमा टिकट बिक्रीबाट आएको ५० प्रतिशत रकम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने घोषणा गरिसकेको छ।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालले सेमिफाइल खेलेको टोलीबाट आजको खेलमा एक परिवर्तन गरेको छ।अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा टोलीमा फर्किएका छन्।

Comments