इटहरी १९ मा अल्टिच्युड पार्क चिनाउन फुटवल प्रतियाेगिता : उदघाटन खेलमा आयोजक अल्टिच्युड क्लब बिजयी
- कार्तिक १७, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी १९ स्थित ब्रहमपुरका स्थानिय युवाहरूले निर्माण गरेकाे अल्टिच्युड पार्कलाइ पर्यटकिय स्थल बनाउन फुटवल प्रतियाेगिताकाे आयोजना गरिएकाे छ । ब्रहमपुर सामुदायिक बन क्षेत्रमा पर्न खाली जमिनलाइ सदुपयाेग गर्दै युवाहरूले हरियाली र बिभिन्न प्रजातिका फुलहरू राेपेर सुन्दर पार्क बनाएका छन । साेहि पार्कलाइ पर्यटकिय क्षेत्र बनाउन शुक्रबार देखि प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिता सुरू भएकाे हाे । शुक्रबार(आज) शुरु भएको प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको उद्घाटन खेल आयोजक अल्टिच्युड क्लवले नै जितेको छ। आयोजकले नेपाल पुलिस क्लब कोशी प्रदेश बिराटनगरलाई ट्राइबेकरमा ३–१ले पराजित गरेको हो।खेलको पहिलो हाफको २७आँै मिनेटमा पुलिस क्लवको तर्फबाट जर्सी नम्बर ५का पेवल कटवालले गोल गर्दै खाता खोलेका थिए।
कटवालले गोल गरेको तीन मिनेट भित्रै आयोजक टिमका बिशाल भण्डारीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेर टिमलाई बराबरीमा पु¥याएका थिए। यस्तै दोश्रो हाफको पाँचौँ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ७का उमेश राईले गोल गर्दै खेललाई २–१को अग्रता दिलाएका थिए। खेलको निर्धारित समयको अन्तिम चरयामा पुलिसका जर्सी नम्बर ७ का महादेव तामाङले गोल गर्दै खेललाई २–२को बराबरी बनाएका थिए। त्यसपछि खेल ट्राइबेकरमा गएको थियो।
खेलको म्यान अफ द म्याच आयोजक अल्टिच्युड क्लवका बिशाल भण्डारी घोषित हुँदै नगद रु २५सय र ट्रफी प्राप्त गरे। बिजेतालाई इटहरी १९का वडाध्यक्ष श्रीनारायण चौधरीले पुरस्कृत गरेका थिए।कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले उद्घाटन गरेको प्रतियोगिता २५गते सम्म सञ्चालन हुनेछ। कार्यक्रम क्लबका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पुर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा भएको थियो। भोलीको खेल बिएम एकेडेमी बेलबारी र आआईएफसी काठमाण्डौ बीच हुने खेल संयोजक मनोज तामाङ्गले बताए । तरहरामा हालसम्मकै ठुलो धनराशीको पुरस्कार रहेको फुटबल प्रतियोगितामा आईतबार तालतलैया फुटबल क्लव इटहरी र चित्लाङ फुटबल क्लव काठमाण्डौका बीच हुनेछ। यस्तै सोमबारको खेल पानबारी फुटबल क्लव धरान र एपिएफ सुनसरीका बीच हुनेछ। मंगलबार भने आईतबारको बिजेता र सप्तकोशी फुटबल क्लव बराहक्षेत्रका बीच खेल हुनेछ भने बुधबार भने सोमबारको बिजेता टिम र पञ्चायन फुटबल क्लव रामधुनीका बीच हुने अल्टिच्युड क्लवका उपाध्यक्ष सुन्दरमणी राईले बताए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments