राष्ट्रपतिबाट कैदमाफी पाएको २६ दिनमै लोकेन्द्र प्रेमिका हत्या आरोपमा पक्राउ
- कार्तिक २, २०८० मा प्रकाशित
रुकुम । राष्ट्रपतिबाट २६ दिनअघि कैदमाफी पाई कारागारमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिलाको हत्या आरोपमा पक्राउ परेका छन् ।
मंगलबार बिहान मुसिकोट नगरपालिका–१ खलङ्गाको सत्कार होटलमा मृत फेला भेटिएकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । घाँटी रेटेर हत्या गरी होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव भेटिएको थियो ।
घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन् । मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो । उनले भावनाको हत्या गरेको स्वीकार गरेका डीएसपी भट्टराईले बताएका छन् ।
उनीहरुबीच प्रेम सम्बन्ध रहेको देखिएको र जानकारी दिंदै डीएसपी भट्टराईले भने, ‘महिलाले बिहे गर्न प्रस्ताव गरेपछि हत्या गरेको वयान लोकेन्द्रले दिएको छ, महिलाले विवाह गरौं भन्दा विवाद बढेपछि आवेशमा आफैसँगै रहेको छुरी प्रहार गरी हत्या गरेको उसले स्वीकारेको छ ।’
असोज २८ गते लोकेन्द्र र भावनाले पति पत्नी उल्लेख गरेर होटलको कोठा बुक गरेका थिए । मंगलबार बाहिरबाट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । ताला खोलेर हेर्दा महिला मृत भेटिएकी थिइन् । प्रहरीले तालिमप्रप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकेन्द्र दोषी देखिएका डीएसपी भट्टराईले बताए । लोकबहादुर बहुविवाह मुद्दामा जेल परेका थिए । रुकुम पश्चिम जिल्ला अदालतले उनलाई ११ महिना कैद तोकेको थियो ।
उनकी पहिली पत्नी वैदेशिक रोजगारीमा गएपछि उनले दोस्रो विवाह गरेका थिए । बहु विवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेका लोकबहादुरलाई गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले सजाय माफी दिएको थियो । कारागारमा रहँदा पनि भावनाले लोकेन्द्रलाई भेट्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुबचि अनैतिक सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाईल समेत बरामद गरेको छ ।
भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका क्षेत्रमा खटिएकी थिइन् । सानीभेरी ९ सिम्लीमा लोकबहादुरले होटेल सञ्चालन गरेका थिए । सोही होटलमा म्यादी प्रहरीले खाना खाने क्रममा उनीहरु नजिकिएका प्रहरीले जनाएको छ।
राष्ट्रपतिबाट आम माफी पाएर छटेका लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते उनलाई एक वर्ष कैद सजाय सुनाएपछि २०७९ फागुन १४ गते उनी कैद परेका थिए । २०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments