भारतीय सेनाका कर्णेलले गरे नेपाली युवतीको विभत्स हत्या, कारण के थियो ?
- भाद्र २८, २०८० मा प्रकाशित
काठमाडौं । भारतमा नेपाली युवतीको हत्या गर्ने सैनिक अधिकारी (कर्णेल) पक्राउ परेका छन् । भारतीय सेनाका ४२ वर्षका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्याय नेपाली मूलकी युवती श्रेया शर्माको हत्या आरोपमा पक्राउ परेका हुन् ।
श्रीमती र डेढ वर्षका छोरा भएका पिता रामेन्दु र काठमाडौंकी श्रेया विवाहेतर सम्बन्धमा थिए । उनी हालै सिलगढीबाट देहरादुनमा सरुवा भएका थिए, जहाँ उनले पहिलो पटक श्रेयालाई उनी काम गर्ने डान्स बारमा भेटेका थिए ।
विवाह गर्न दबाब दिएपछि गत शनिबार राति घुम्न जाने बहानामा बाहिर लगेर उनले श्रेयाको हत्या गरेको उत्तराखण्डका प्रहरी प्रमुख एससी सरिता डोभालले जानकारी दिइन् । शनिबार राति युवतीले काम गर्ने डान्स बारमा दुवै जनाले मदिरा सेवन गरेका थिए । त्यसपछि रामेन्दुले घुम्न जाने प्रस्ताव गरेका थिए । सुनसान ठाउँमा पुगेर कार पार्क गरी श्रेयाको टाउको र मुखमा हथौडा प्रहार गरेर उनी फरार भएका थिए । प्रहरीले हत्यामा प्रयोग भएको हतियार, कार र अपराध गर्दा रामेन्दुले लगाएको लुगा समेत बरामद गरेको छ ।
सीसीटीभीको सहयोगमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपी रामेन्दुले हत्या गरेको स्वीकार गरेको पनि प्रहरीको भनाइ छ । देहरादून सरुवा भएपछि श्रेयाका लागि छुट्टै फ्ल्याट भाडामा लिएर राखेको रामेन्दुले प्रहरीलाई बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments