धान, मकै र गहुँको उत्पादकत्व वृद्धि
- भाद्र २०, २०८० मा प्रकाशित
गण्डकी । गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव ४३, मकैमा दश दशमलव २२ र गहुँमा सात दशमलव ९२ प्रतिशतले उत्पादकत्व बढेको हो ।
आव २०७७/७८ मा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भएकामा आव २०७८/७९ मा बढेर ३.६२ मेट्रिक टन पुगेको हो । आव २०७७/७८ मा प्रतिहेक्टर २.७४ मेट्रिक टन मकै उत्पादन भएकामा पछिल्लो वर्ष ३.२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । पछिल्ला दुई आवमा गहुँको उत्पादकत्व पनि बढेर प्रतिहेक्टरमा २.४ बाट २.५९ मेट्रिक टन पुगेको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मकैको उत्पादकत्व वृद्धि भएको पाइएको छ ।
मुख्य खाद्यान्न बालीको उत्पादकत्व प्रतिहेक्टर ३.८ मेट्रिक टन पुर्याउने प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य रहेको रेग्मीले जानकारी दिए । उनका अनुसार आवधिक योजनाको अन्तिम वर्षमा आइपुग्दा धानमा मात्र उत्पादकत्व लक्ष्यभन्दा केही बढी पुगेको छ । नेपालको १५औं योजनाले भने धानमा प्रतिहेक्टर ४.५, मकैमा ४ र गहुँमा ३.५ मेट्रिक टन उत्पादनको लक्ष्य तोकेको छ । गण्डकीमा खाद्यान्न बालीको उत्पादकत्व वृद्धिमा लक्ष्य उन्मुख रहेको रेग्मीले बताए । ‘उन्नत जात, बिउबीजन, मलको उपलब्धता, प्रविधिक सहजतालगायत कारणले उत्पादकत्व वृद्धिमा मद्दत पुर्याइरहेको हुन्छ’, उनले भने, ‘किसानलाई सीप र स्रोतसाधन दिन सकियो भने खेतीको उत्पादकत्व बर्सेनि बढ्दै जान्छ । कृषिमा प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्छ ।’
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मौसम, अन्नबालीमा लाग्ने रोगव्याधि आदि कारणले पनि उत्पादकत्वमा असर गर्ने बताए । ‘उत्पादकत्वप्रति एकाइ क्षेत्रफलमा मापन हुन्छ, उत्पादत्वक वृद्धि भए पनि समग्र उत्पादन घट्न पनि सक्छ’, उनले भने, ‘कृषिको उत्पादकत्व बढाउनमा किसानको मुख्य हात हुन्छ, त्यसमा राज्यले सघाउनु पर्छ ।’
किसानलाई समयमै मल, बिउबीजन उपलब्ध गराउने, तालिमका साथै सीप र प्रविधि पनि हस्तान्तरण गर्नुपर्ने प्रमुख कडरियाले धारणा राखे । खेतीयोग्य जमिनमा जथाभावी घरघडेरी बनाउने प्रवृत्तिलाई रोक्नुपर्नेमा उनले जोड दिए । ‘खेती गर्ने जग्गा खुम्चदैँ गएको छ, कतै जग्गा बाँझा छन्’, उनले भने, ‘उत्पादकत्व र उत्पादन नबढाएसम्म कृषिको व्यवसायीकरण सम्भव छैन ।’
मन्त्रालयको आँकडा अनुसार आलु र तरकारी खेतीमा पनि उत्पादकत्व वृद्धि भएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा प्रतिहेक्टर १५.५ मेट्रिक टन आलु फलेकोमा पछिल्लो वर्ष बढेर १६.८१ मेट्रिक टन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनमा आठ दशमलव ४५ प्रतिशतले बढी हो ।
तरकारीमा पनि पछिल्ला दुई वर्षमा १५ दशमलव ८२ प्रतिशतले उत्पादकत्व वृद्धि भएको मन्त्रालयले जनाएको छ । आव २०७७/७८ मा प्रतिहेक्टर ११ मेट्रिक टन तरकारी उत्पादन भएकामा आव २०७८/७९ मा १२.७४ मेट्रिक टन उत्पादन भएको थियो । आलु र तरकारीको उत्पादकत्व वृद्धिले पनि प्रदेशको पञ्चवर्षीय योजनाको लक्ष्यलाई पछ्याइरहेको देखिन्छ । सो योजनामा आलुको उत्पादकत्व प्रतिहेक्टर १९.९ र तरकारीको १५ मेट्रिक टन पुर्याइने उल्लेख छ । नेपालको १५औँ योजनाले पनि आलुमा प्रतिहेक्टर १९.१ मेट्रिक टनको लक्ष्य तोकेको छ । उत्पादकत्व बढे पनि खाद्यान्न बालीको उत्पादन भने घट्दै गएको महाशाखा प्रमुख कडरियाले बताए । उनका अनुसार खेतीको क्षेत्रफल घट्दै जाँदा उत्पादन घटेको हो ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments