सुनचाँदीको भाउ हालसम्मकै उच्च, अझै बढ्ने अनुमान
- श्रावण ४, २०८० मा प्रकाशित
इटहरी । नेपाली बजारमा सुनचाँदीको भाउ हालसम्मकै उच्चविन्दूमा पुगेको छ । सुनको भाउ आज (बिहीबार) तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments