झापामा हरियो चियापत्ति बाेकेकाे पिकअप सहित २ जना पक्राउ
- चैत्र १७, २०७९ मा प्रकाशित
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीबाट बिल बिनाको हरियो चियापत्ति र गाडीसहित दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी ज्यामिरगढिको प्रहरी टोलीले उतरबाट दक्षिणतर्फ आउँदै गरेका गाडीसहित चालकलाई पक्राउ गरेको हो ।
इलाम माइजोगमाई गाउँपालिका वडा नं. १का १९ बर्षीय देवेन्द्र जोगीले चलाएको मे.१ ज.२४८२ न.को पिकअप र इलाम नगरपालिका वडा नं.४ का २४ बर्षीय सर्जन घलेले चलाएका प्र.१–०१–००१च.७९४१ न.को पिकअप गाडीलाई शंका लागेपछि प्रहरीले नियन्त्रण लिएर चेकजाँच गरेको थियो ।
चेकजाँच गर्ने क्रममा बिल बिनाको हरियो चियापत्ति २७४२ केजी फेला परेकोले उक्त चियापत्ति र गाडीसहित चालकहरुलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि बुधवार आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments