भारतबाट आयात हुँदा नेपाली मह विस्थापित
- चैत्र १६, २०७९ मा प्रकाशित
काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्। देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’
२५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन्। ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन्।
मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन्। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्। भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ। भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ। करिब ३ हजार मेट्रिक टन मह बिक्री नभएको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। ‘पोहोरदेखि मह बिक्री भएको छैन,’ उनले भने, ‘भारतीय महका कारण बिक्री नभएको हो।’
सस्तो भन्सार हुनुका साथै गैरकानुनी रूपमा मह आयात हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ। ‘मह बिक्री नभएर किसानको बिजोग भएको छ,’ उनले भने, ‘बिक्री नभएको मह थुपारेर राखेका छौं।’ पौडेल बी फार्म सञ्चालन गर्दै आएका उनीसँग करिब ३५ क्विन्टल मह स्टक छ।अहिलेको बजार भाउअनुसार त्यति महको मूल्य १६ लाख रूपैयाँभन्दा बढी पर्छ। ‘मह बिक्री नहुँदा समस्यामा परेका छौं,’ पौडेलले भने, ‘२० वर्षको अनुभवमा महका लागि अहिलेसम्म बजार अभाव भएको थिएन।’
भारतबाट किलोको २११ रूपैयाँमा मह आयात भइरहेको छ। नेपालमा उत्पादन भएको महको उत्पादन लागत नै किलोको करिब ४०० रूपैयाँ छ। महको होलसेल मूल्य किलोको ४०० देखि ५०० रूपैयाँ र खुद्रा मूल्य ७०० देखि ८०० रूपैयाँ रहेको महासंघले जनाएको छ। नेपालमा वार्षिक करिब ७ हजार मेट्रिक टन हाराहारीमा मह खपत हुने महासंघको अनुमान छ।
स्वदेशमा ४ हजार मेट्रिक टन उत्पादन हुन्छ। करिब १४ सय मेट्रिक टन आयात भएको भन्सारको तथ्यांकले देखाउँछ। अरू मह गैरकानुनी च्यानलबाट आएको महासंघका पदाधिकारीको दाबी छ। ‘वैध र अवैध च्यानलबाट मह आउँदा यहाँको मह बिक्री भएन,’ निवर्तमान अध्यक्ष पौडेलले भने।मह बिक्री नभएको गुनासो किसानबाट आएको व्यावसायिक किट विकास केन्द्रले जनाएको छ। भारतबाट सस्तोमा मह आयात र आन्तरिक कारणले बिक्री नभएको व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए। यो समाचार नागरिक दैनिकमा छ।
नागरिक दैनिक
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments