व्यवस्थापन परिवर्तन संगै बिराटचाैकमा बन्द भएकाे सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा
- फाल्गुन २१, २०७९ मा प्रकाशित
इटहरी ।लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो ।
सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी रहेको बताएका छन् ।
तीन लगानीकर्ताको चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उनले बताए । सो हलमा एक सय ३० सिट क्षमता छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट, केशव विष्टलगायतले सञ्चालन गरेका थिए ।
सञ्चालक बस्नेतले भने, ‘अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।’ सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments