आफन्तकै अघाडी नाेबेल अस्पतालबाट हामफाले बिरामी, अवस्था गम्भीर
- भाद्र १५, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरको नोबेल अस्पतालमा उपचाररत एक जना बिरामीले आज (बुधबार) बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन् ।
झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेलले अस्पतालको दोस्रो तलमा रहेको झ्यालबाट बिहान ७ः१० बजेतिर हामफालेको प्रहरीले जनाएको छ । एक्कासि हामफालेपछि भुइँमा बजारिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि नोबेलमै भर्ना गरिएको छ । टाउको, निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
लुइँटेललाई उपचारका लागि गत भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । मानसिक समस्याको उपचार गराइरहेका उनी परिवारका सदस्यसँगै रहेका बेला हामफालेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments