इटहरीकाे चाेकै पिच्छे तिज बिशेष कार्यक्रम : महिलाहरू बिच नै देखिएन एकता , नारा एउटै कार्यक्रम भिन्दा भिन्दै
- भाद्र १४, २०७९ मा प्रकाशित
इटहरी । तिज भन्ने बित्तीकै हिन्दु महिलाहरूको बिशेष पर्वको रूपमा चिनिने गरेको छ अझ भनौ यो पर्वको दिन बिवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै ब्रत बस्ने गर्दछन भने अबिवाहित युवतिहरू शिवजी जस्तो वर प्राप्त होस या आफुले रोजे जस्तै वर प्राप्त होस भन्ने कामना सहित ब्रत बस्ने गर्छन ।
यो पर्वमा बिशेषगरी महिलाहरू बिच निकै एकता र सामुहिक मेलमिलाप पनि हुने गर्दछ तर सुनसरीको इटहरीमा भने चोकै पिच्छे तिज भन्दै महिलाहरूकै समुहले बेग्ला बेग्लै कार्यक्रम गरी मनाएका छन । इटहरीको पूर्व लाइनमा दुइ र बिराटनगर रोडमा एक समुहले तिज बिशेष कार्यक्रम सम्पन्न गरेका हुन । तिन वटै समुहले आयोजना गरेको तिज कार्यक्रममा नारा भने महिलाहरूको हक अधिकार सुनिश्चित हुनुपर्ने रहेको थियो ।
तिन वटा समुहले बेग्ला बेग्लै स्थानमा आयोजना गरिएको तिज बिशेष कार्यक्रममा बिभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरि भरिपुर्ण मनोरञ्जन प्रदान गरिएको थियो । तिन वटै समुहले तिज पर्व धुमधाम र सफलता पुर्वक सम्पनन गरेको दावि गरेका छन । कार्यक्रम समग्र रूपमा रमाइलो र भब्य देखिएपनि अहिले सामाजिक सञ्जालमा भने महिलाहरू बिच एकता नदेखिएको बिचार सहितका पोस्टहरू देखिन थालेका छन । महिलाहरूको पर्व भनिएपनि कार्यक्रम गर्दा एकै ठाउ गरिदिदा हेर्नेलाइ र अतिथीहरूलाइ पनि सहज हुनेथियो भनि सामाजिक सञ्जालहरूमा प्रतिकृया आउन थालेका छन ।
यस्तो थियो कार्यक्रम
इटहरी । सुनसरीको इटहरी उपमहानगरमा बिभिनन सामाजिक संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनहरूले हरितालिका तिज २०७९ धुमधामले सम्पन्न गरेका छन । इटहरीको मुख्य चौक आसपास मात्रै ४ वटा संगठनले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको हो । इटहरीको पुर्वलाइनस्थित लेडि जेशिजले सप्तव्यापी कार्यक्रम समुदघाटन समारोह संगै तिज बिशेष कार्यक्रम गरेको छ भने त्यसको १०० मिटर आसपास अखिल नेपाल महिला संघ इटहरी नगर कमिटिले पनि तिज बिशेष कार्यक्रम सम्पन्न गरेको हो । त्यस्तै बिराटनगर रोडस्थित अनेम संघ ९क्रान्तिकारी०ले पनि तिज बिशेष कार्यक्रम सम्पनन गरेको छ ।
इटहरी लेडि जेशिजले जेशिज सप्तब्यापि कार्यक्रमको समुदघाटन संगै रमाइलो नाचगान सहित तिज बिशेष कार्यक्रम सम्पनन गरेको छ । लेडि जेशिज इटहरीकि अध्यक्ष दुर्गा खडका आचार्यको सभापतित्वमा सम्पनन तिज बिशेष कार्यक्रममा उपस्थित अधिकांस बक्ताहरूले नारीहरूको महान पर्व हरितालिका तिजलाइ नारिहरूले नै भडकिलो बनाउदै गउको प्रति दुख ब्यक्त गरेका थिए ।
कार्यक्रममा इटहरी जेशिजका अध्यक्ष लोकनाथ भण्डारीले चाडपर्वलाइ सांस्कृती जोगाउनको निमित्त मनाइनुपर्ने बताए । त्यस्तै कार्यक्रमकि प्रमुख अतिथी संघिय सांसद दिला संग्रौलाले पछिल्लो समय भडकिलो बन्दै गएको तिज जस्तो महान पर्वलाए महिलाहरू आफै सकृिय भएर चिर्नुपर्ने बताइन । कार्यक्रममा राष्ट्रिय कविता महोत्सव २०७९ मा प्रथम हुनुभएकि कवि टिका आत्रेयलाइ सममान गरिएको थियो । त्यस्तै बिभिनन नृत्य एवम कविता वाचनहरू गर्दै लेडि जेशिज इटहरीले यो वर्षको तिज बिशेष कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै अखिल नेपाल महिला संघ इटहरी नगर कमिटिले पनि मंगलबार तिज बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
अनेम संघ इटहरी नगर कमिटिकि अध्यक्ष कमला निरौलाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा बिभिन्न समुहगत नृत्य प्रतियोगिता गरिएको थियो । कार्यक्रममा उपस्थित अधिकांस बक्ताहरूले महिलाहरूको हकहितको बिषयमा आवाज उठाएका थिए । विशिस्ट अतिथी एवम संविधानसभा सदस्य तथा एमाले सुनसरिका अध्यक्ष रेवति रमण भण्डारीले पछिल्लो समय महिलाहरू स्फुर्तिका साथ राजनीतिमा सकृिय भइ अधिकार प्राप्तिकालागि आफै लडाइ गर्न सक्ने क्षमताको भइसकेको बताएका थिए ।
त्यस्तै कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरकि पुर्व उपमेयर एवम नेकपा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतमले तिज पर्व अब प्राचिन युगमा मनाए जसरी मनाउन छाडिएको बताइन । उनले २१ औ शताब्धिमा आइपुग्दा पर्वहरू मनाउने तरिका पनि परिवर्तन हुदै आएको र यो स्वागत योग्य रहेको बताइन । अब हरेक क्षेत्रमा महिलाहरू आफै सकिृय भएर लागि परेको बताउदै राज्यको ठुला निकायहरूमा पनि महिलाको पहुच बिस्तार हुदै गएको प्रस्ट पारिन ।
कार्यक्रममा अनेम संघ सुनसरी जिल्ला अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु भण्डारी , नेकपा एमाले सुनसरी सह–इञ्चार्ज तैयव हुसैन , एक नं प्रदेशका प्रदेश सभा सदस्य सर्वध्वोज साँवा,प्रदेश सभा सदस्य लिलम बसनेत लगायत एमालेका नेतृहरूको बाक्लो उपस्थिती रहेको थियो । यता इटहरीको बिराटनगर रोडमा पनि अनेम स।घ ९क्रान्तिकारीले हरितालिका तिजको अवसर पारेर बिभिन्न रमाइलो सांस्कृतिक कार्यक्रम सहित यो वर्षको हरितालिका तिज पर्व सम्पनन गरेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments