इटहरीकाे परिवार नियाेजन स्वास्थ्य केन्द्रमा गर्भपतन गराउनेहरूकाे संख्या बढदाे : ५ महिनामा २० हजार बढिले लिए स्वास्थ्य सेवा
- असार १६, २०७९ मा प्रकाशित
इटहरी । नेपाल परिवार नियोजन संघ सुनसरीले बिगत ५ महिनाको अवधिमा २० हजार जनालाइ स्वास्थ्य सम्बन्धि बिभिन्न सेवाहरू प्रदान गरेको जनाएको छ । संघले मंगलबार सुनसरीको इटहरीमा पत्रकार भेटघाटको आयोजना गर्दै यस्तो सन्देस प्रवाह गरेको हो । सुनसरीका १२ वटा स्थानिय तहहरूबाट स्थानियहरूलाइ सेवा प्रदान गर्दै आएको संघले ५ महिनाको अवधिमा २० हजार ८९ जनालाइ स्वास्थ्य सम्बन्धि सेवाहरू प्रदान गरेको जनाएको छ । उक्त संघले १० वटा भन्दा बढि स्वास्थ्य सम्बन्धिको शिर्षकमा सेवा प्रदान गरेको पनि जनाएको छ ।
शिर्षक मध्ये इटहरी र धरान क्षेत्रबाट सुरक्षित गर्भपतन गराउने सेवाग्राहिहरूको संख्या बढदो रहेको देखिएको छ । ५ महिनाको अवधिमा धरान र इटहरीबाट मात्रै ८४५ जनाले गर्भपतन सम्बन्धी सेवा लिएको बिवरणमा उल्लेख छ । परिवार नियोजनका साधन प्रयोगमा उल्लेख्य सहभागिता देखिएपनि गर्भपतन जस्ता संवेदनशिल बिषयमा भने अझै कमि नआएको देखिएको हो ।
५ महिनाकै अवधिमा ७४ हजार , २९६ वटा परिवार नियोजनका अस्थाइ साधन प्रयोग भएको बिवरणमा उल्लेख भएपनि सोहि अवधिमा ३हजार ७१८ वटा गर्भपतन सम्बन्धीसेवा प्रदान गरिएको छ । जसमा ८४५ जनाले सुरक्षित रूपमा गर्भपतनको सेवा लिएको बिवरणमा उल्लेख छ । संघले धरान र इटहरीको बिवरण बताएपनि उमेर र कहा कति भन्ने संख्या उल्लेख गरेको छैन ।
इटहरीस्थित परिवार नियोजन स्वास्थ्य केन्द्रका प्रमुख कुमार गीरीका अनुसार केहि ससमय अघि सम्म असुरक्षित गर्भपतन गराउनेहरूको संख्या दोब्बर थियो तर मानिसमा जनचेतना बढदै गएपछि अहिले सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि बढदै गएको छ । नेपालको कानुनले पनि प्रजनन् स्वास्थ्यलाई महिलाको मौलिक हकको रुपमा प्रत्याभुत गर्दै १८ हप्ता सम्मको गर्भलाइ तोकिएका स्वास्थ्य चौकिहरूबाट सुरक्षित रूपमा पतन गराउने अधिकार दिएसंगै यो सेवा लिनेको संख्या बढदो रहेको पाइएको इटहरीस्थित परिवार नियोजन स्वास्थ्य केन्द्रका प्रमुख कुमार गीरीले बताए ।
यसलाइ सरसर्ति हेर्दा पछिल्लो समय मानिसहरू धेरै सौखिन बातावरणमा हुर्किन थाले , नजिकैको स्वास्थ्य चौकी सम्म पुगेर परिवार नियोजन गराउन वा साधन प्रयोग गर्न हिचकिचाउने तर गर्भपतन गराउन भने नडराउने प्रवृति मौलायो केन्द्रका प्रमुख गिरीले भने । तर कतिपय स्थानमा जबरजसति हार्डनाता करणिबाट पनि गर्भ बस्ने , आफ्नो इच्छा बिपरित गर्व रहने र शिशुको अवस्था अपांग , सुस्त देखिएपछि पनि सुरक्षित गर्भपतन गराइने भएकोले यसलाइ सकरात्मक लिइएको उनले बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ सुनसरीले १२ वटै स्थानिय तहहरूमा रहेका शाखाहरूले उललेखनिय सेवाहरू प्रदान गरेको बिवरण पेस गरेको थियो । ग्रामिण भेगहरूमा बिगतमा भन्दा अहिले परिवार नियोजनका साधनहरू प्रयोग गृनेको संख्या बढदै गएको बिवरणमा उल्लेख छ । त्यस्तै स्वास्थ्य सम्बन्धि परामर्श लिनेहरूको संख्या पनि त्यतिकै बढदै गएको पाइएको छ ।
आगामि दिनमा सेवालाइ थप प्रभावकारी बनाउन इटहरीस्थित परिवार नियोजन स्वास्थ्य केन्द्रले अप्रेसनको बिधिबाट सुत्केरी गराउने प्रविधि पनि भित्र्याउने योजना रहेको केन्द्रका प्रमुख गिरिले बताए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments