•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:54:45 AM

सेवा दिन बसेका वडाध्यक्ष नै बलात्कारी बनेपछि…

- असार १५, २०७९ मा प्रकाशित


बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्।  एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ। आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन्।

Comments