मन्त्रिपरिषद्काे निर्णय : भेडेटारमा स्काई वाक निर्माण देखि : विभूषणमा सुनकाे मात्रा घटाउने सम्म
- असार १५, २०७९ मा प्रकाशित
काठमाडौं । सरकारले भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो निर्णयबारे बताएका हुन्।
त्यस्तै, उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ। निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने निर्णय पनि भएको मन्त्री कार्कीले बताएका छन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :
१. उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने,
२. विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनावट हेरफेर गर्न स्वीकृति दिने,
३. सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली-२०८९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने,
४. मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने,
५. कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने,
६. भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने,
७. वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शितल शाहुलाई नियुक्त गर्ने,
८. निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने,
९. श्रेणीविहीन स्थायी कार्यलय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments